Breaking News

रेलमार्गको प्रतिवेदन आगामी साता बुझाइने

रेलमार्गको प्रतिवेदन आगामी साता बुझाइने

भउचप्रसाद यादव
काठमाडौँ, मङ्सिर २० गते । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आउँदो साता नेपाल आउने भएको छ । उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आइतबार नेपाल आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका सहसचिव केशवकुमार शर्माले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे गरिएको प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउन तथा प्रस्तावित उक्त रेलमार्ग निर्माणबारे विस्तृत् छलफल गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार नेशनल रेल्वे अथोरेटी चाइनाको उपप्रशासक आन लुसुङको नेतृत्वमा प्राविधिक टोली नेपाल आउन लागेको हो ।rail

No comments