Breaking News

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना

सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरिएको सूचना
नेपाल दूरसंचार प्राधिकरण
कमलादी, काठमाण्डौ
(प्रथम पटक प्रकाशित मिति: २०७५/०९/०१ )
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बार्षिक कार्ययोजना अनुरुप यस प्राधिकरण मार्फत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र २ नं. प्रदेशका जिल्लाहरु तथा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र सुनसरी जिल्लाहरुमा संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ६ वटा र अन्य जिल्लाहरुको हकमा संघीय संसदको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा ४ वटाका दरले सामुदायिक माध्यामिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउने उद्देश्य प्राप्तिका लागि सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम रहेको हुँदा तपशिलमा उल्लेखित विद्यालय छनौट सम्बन्धी मापदण्डहरु पूरा गर्ने इच्छुक विद्यालयहरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिएको ढाँचामा सोझै अथवा इमेल itlab@nta.gov.np वा फ्याक्स ०१४२५५२५० मार्फत प्राधिकरणमा आइपुग्ने गरी प्रस्ताव पेश गर्न आह्ववान गरिन्छ।विद्यालयले पेश गर्ने प्रस्तावको नमूना फाराम प्राधिकरणको वेबसाइट www.nta.gov.np/itlab बाट डाउनलोड गर्न सकिनेछ।यस सम्बन्धि थप जानकारीको लागि प्राधिकरणको इमेल ठेगाना itlab@nta.gov.np वा फोन नं +977-1-4255474(Ext. 227,256,272) मा सम्पर्क गर्नुहुन अनुरोध छ।
विद्यालय छनौट सम्बन्धी मापदण्डहरु
क) छनौट हुने विद्यालय सामुदायिक माध्यमिक तहको विद्यालय हुनुपर्नेछ ।
ख) सुरक्षित पक्की भवन, फर्निचर लगायतका भौतिक पूर्वाधारहरुको राम्रो व्यवस्था भएको हुनुपर्नेछ वा हुने प्रतिवद्धता हुनुपर्नेछ।
ग) सम्भव भएसम्म विद्युत आपुर्ति भएको हुनुपर्नेछ ।
घ) सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति (विज्ञान विषयमा कम्तिमा १२ कक्षा उत्तीर्ण गरी कम्तिमा ३ महिनाको कम्प्युटर विषयमा तालिम लिएको वा कम्प्युटर विज्ञानमा कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन गरेको) को व्यवस्था भएको हुनुपर्नेछ वा गराउने प्रतिवद्धता प्राप्त भएको हुनुपर्नेछ ।
ङ) प्रयोगशाला स्थापना भइसकेपछि सोको सफल कार्यान्वयन तथा दिगोपनाको लागि आवश्यक श्रोतको व्यवस्था गर्न सक्ने र अपनत्वको साथ कार्यक्रमको व्यवस्थापन तथा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धता पत्र रहेको हुनुपर्नेछ।
च) कम्प्युटर विषय अध्ययन/अध्यापन गरिरहेको वा गर्ने प्रतिवद्धता पत्र रहेको हुनुपर्नेछ।
छ) विद्यार्थी संख्या धेरै रहेको र कम्प्युटर प्रयोगशाला नभएको विद्यालहरुलाई प्राथमिकता दिइनेछ |
ज) विभिन्न कारणले पिछडिएको वर्ग/समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई विशेष प्राथमिकता दिइनेछ।
सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापनको लागि सामुदायिक माध्यमिक विद्यालयले पेश गने प्रस्तावको
नमूना फारम:





नेपाल दूरसञ्चार प्राधिकरण
कमलादी,काठमाडौँ ,नेपाल |
जि. पि. ओ. बक्स: ९७५४
फोन नं.: +९७७-१- ४२५५४७४/४२५६०५४
फ्याक्स नं.: +९७७-१ ४२५५२५०
इमेल: itlab@nta.gov.np, ntra@nta.gov.np;
वेवसाइट: www.nta.gov.np/itlab

No comments