Breaking News

माग्नेबुढा श्रीमती सहित गुर्भाकोट आउँदै

Gurbhakot
चर्चित हाँस्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढा श्रीमती सिता घिमिरेसँगै सुर्खेतको गुर्भाकोट आउने भएका छन । गुर्भाकोट नगरपालिकाको वडानंवर ९ स्थित बोटेचौर बजारमा आयोजना गरिएको माघि महोत्सवमा प्रस्तुती दिन माग्ने बुढा श्रीमती सहित आउन लागेकि हुन । हाँस्य टेलिचलचित्र भद्रगोलबाट चर्चा कमाएकि माग्ने बुढा पत्नि सिता घिमिरे पछिल्लो समयकि चर्चित हाँस्यकलाकार समेत हुन । माघि पर्वको अवसरमा दिपशिखा समाज सुधार केन्द्र, गुर्भाकोट सुर्खेतले आयोजना गरेको महोत्सवमा घिमिरे दम्पत्तिका अलावा झण्डै ४ दर्जन कलाकारले आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ । महोत्सवमा सदावहार नायक भुवन केसी, चर्चित हाँस्य कलाकार जितु नेपाल, नायक जयकिशन बस्नेत, गायक प्रमोद खरेल, लोकपप गायक सुनिल गीरी, लोकदोहोरी गायक कुलेन्द्र बि क , गायिका शान्ती श्री परियार, गायक राजनराज सिवाकोटी, गायिका करिश्मा घर्ति, गायक धनराज चुनारा, सुकदेव अधिकारी लगायतले आ आफ्नो प्रस्तुती दिने छन । महोत्सव माघ १ गते देखि १० गते सम्म चल्नेछ ।

No comments